फिफा विश्व कप २०२२ को समूह विभाजन, पूर्व विजेता दुई देश स्पेन र जर्मनी एउटै समूहमा
काठमाडाैं । कतारकाे दोहा कन्भेशन सेन्टरमा सम्पन्न फिफा विश्वकप २०२२ को समूह विभाजनमा विश्व कपका दुई पूर्व विजेता दुई देश स्पेन र जर्मनी एउटै समूह ‘ई’मा परेका छन् ।
ग्रुप एमा आयोजक कतार छ भने गएको विश्व कप विजेता फ्रान्स ग्रुप ‘डी’ मा परेको छ । पाँच पटक विश्व कप जितेको ब्राजिल ग्रुप ‘जी’मा तथा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगल ग्रुप ‘एच’मा परेको छ ।
समूह विभाजन
ग्रुप ए : कतार, इक्वाडोर, सेनेगल, नेदरल्यान्ड
ग्रुप बी : बेलायत, इरान, युएसए,
ग्रुप सी : अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्यान्ड
ग्रुप डी : फ्रान्स, डेनमार्क, ट्यूनिशिया
ग्रुप ई : स्पेन, जर्मनी, जापान
ग्रुप एफ : बेल्जियम, क्यानाडा, मोरक्को, क्रोएशिया
ग्रुप जी : ब्राजिल, सर्बिया, स्विजरल्यान्ड, क्यामरून
ग्रुप एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
कतार स्टेडियम कतारमा हुने फिफा विश्व कप फुटबल प्रतियोगिताका लागि ८ वटा स्टेडियम तयार भइसकेको छ । ति आठवटा स्टेडियममध्ये एउटा स्टेडियम मध्यपूर्वको बुनिएको पारम्परीक टोपी जस्तै डिजाइनमा निर्माण गरिएको छ भने अर्को स्टेडियम शिपिङ कन्टेनरहरुबाट तयार गरिएको बताइन्छ ।
विश्वकपको मस्कट ‘लाईब’ कतार तथा फिफाले यस पटकको फिफा विश्वकपका लागि आधिकारिक मस्कटका रूपमा ‘लाईब’को अनावरण गरेका छन् । लाईब अरबी शब्द हो जसको अर्थ अति कुशल खेलाडी हुन्छ । यो लाईबले सबैलाई आफैं प्रति विश्वास गर्न प्रोत्साहित गर्नेछ । लाईबको अनावरण फिफा विश्वकप २०२२ फाइनल ड्र का क्रममा गरिएको हो ।
फिफा विश्वकपको अफिशियल साउन्ड ट्रेक फिफा विश्व कप २०२२ को अफिशियल गीत हैया हया (बेटर टुगेदर) हो, जसलाई त्रिनिदाद कार्डोना, डेविडो तथा आयशाले तयार गरेका हुन् । ड्र समारोहमा यो गीत पनि आधिकारीक रुपमा लन्च गरिएको छ । समारोहमा कलाकारहरुले यो गीतमा प्रस्तुतीसमेत दिएका थिए ।
विश्वकपको अफिशियल बल कतारमा हुने फिफा विश्वकप २०२२ मा प्रयोग हुने आधिकारिक बलसमेत सार्वजनिक गरिएको छ । यो बलको नाम ‘अल रिहला’ राखिएको छ । अरबी भाषाको ‘अल रिहला’ को अर्थ ‘यात्रा’ हुन्छ । यो बलको डिजाइन कतारको झन्डा, वास्तुकला तथा नौकाहरुबाट प्रेरित छ ।
प्रतिक्रिया