मंगलबार, जेठ ८, २०८१

प्रधानमन्त्री देउवा र मोदीबीच दिल्लीमा भेटवार्ता

रेल र १३० स्वास्थ्यचौकीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

नेपालखोज २०७८ चैत १९ गते १३:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता जारी छ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेलको भर्चुअल माध्यमबाट सुरुआत गर्ने कार्यसूची छ ।

यस्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको पनि दुई देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्नेछन् । भेटवार्ता र उद्घाटनका कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्नेछन् ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतसँग एजेन्डागत छलफल भने नगर्ने जनाइएको छ ।

प्रतिक्रिया