शनिबार, वैशाख २२, २०८१

धर्मस्थली जात्रामा सांगीतिक कार्यक्रम

नेपालखोज २०७८ चैत १९ गते १३:१०

काठमाडौं । घोडे जात्राको अवसरमा धर्मस्थली जात्रामा सांगितिक कार्यक्रमको आयोजना हुने भएको छ । यही चैत २० गते आइतबार साँझ ४ बजेदेखि सांगितिकि एवं विभिन्न कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा सांगितिक प्रस्तुती दिनका लागि सविन राई धर्मस्थली बजार आउने भएका छन् ।

कार्यक्रममा सबिन राईसँगै विनोद ढकाल, हिमेश पन्त, रिया लामा, शिवानी विश्वकर्मा लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । धर्मस्थली जात्राको संरक्षण र प्रवर्धन गर्न हरेक वर्षको घोडेजात्रामा धर्मस्थली बजारमा सांगितिक कार्यक्रम हुने कार्यक्रमका संयोजक सुमन महर्जनले जानकारी दिए । धर्मस्थली क्षेत्रको कला, संस्कृति, भेषभुषा, रीतिरिवाजलाई संरक्षण गर्न यस्ता मेलाले सहयोग पुग्ने कार्यक्रम संयोजक महर्जनले जानकारी दिए । कार्यक्रमको चौथौँ दिनमा आयोजकले विभिन्न कार्यक्रम गरेर जात्रा मनाउन लागेको हो ।

संयोजक महर्जनका अनुसार जात्रामा स्थानीयहरुले आफ्नो कला, संस्कृतिहरुको समेत प्रदर्शन गर्ने बताए।
युवाहरुलाई आफ्नो संस्कृतिको बारेमा जानकारी दिएरमात्रै यस्ता जात्राहरुको संरक्षण गर्न सकिने संयोजक महर्जनको भनाई थियो । विगत १३ वर्षदेखि धर्मस्थली युवा समुहले सांगितिक कार्यक्रम गर्दै आएतापनि यसपटक धर्मस्थली युवा समूहले युवा नेतृत्व ढमाठु युवा क्लबलाई आयोजकको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया