शुक्रबार, मंसिर २८, २०८१

नेपालले मलेसियालाई दियो २ सय २४ रनको लक्ष्य

नेपालखोज २०७८ चैत १९ गते १४:३७

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतकीय र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ऐरीले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले १ सय १० रन बनाउँदा पौडेलले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए ।

अदिल खान १४ रनमा आउट हुँदा आशिफ शेखले २ रन बनाए । बलिङतर्फ मलेसियाका मोहम्मद आमिर, मोहम्मद वफिक, पवनदीप सिंह र स्यान्ज्रुल इद्रुसले समान एक–एक विकेट लिए । मलेसियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अंकसहित फाइनलमा पुग्ने छ भने पराजित भएमा पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया