लालीगुराँस फूलेर वनै ढकमक्क !(तस्विरसहित)
नेपालखोज
२०७८ चैत १९ गते १५:०२
सङ्खुवासभा । तस्विरमा सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फूलेको लालीगुराँस देख्न सकिन्छ । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ ।
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो पहाडी भेगमा पाईने फूल हो।
लालीगुराँस साधारण तया माघ, फागुनतिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पुसको महिनामा पनि फूलेको देखिन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ।
पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँअनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।
तस्विर : रासस
सम्बन्धित
प्रतिक्रिया