मंगलबार, मंसिर २५, २०८१

मालीमा सैन्य कारबाहीमा परि २ सय बढी विद्रोही मारिए

नेपालखोज २०७८ चैत १९ गते १५:१६

काठमाडौं । माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा परि २०३ जना आतंककारी मारिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।

एजेन्सी फ्रान्स प्रेसले माली सेनालाई उद्धृत गर्दै उल्लेख गरिएअनुसार यो अपरेशन मार्च २३-३१ मा मोरा क्षेत्रमा गरिएको थियो । माली सेनाले पनि ५१ आतंककारीलाई हिरासतमा लिएको छ भने ठूलो संख्यामा हतियार बरामद गरेको छ।

सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भू-भाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर भएको थियो । इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।

प्रतिक्रिया