स्टार्टअप एन्ड आइडिया फेष्ट २०२२ सातै प्रदेशमा आयोजना गरिँदै
काठमाडौं । लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेष्ट २०२२ आयोजना गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानी जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशबाट आरम्भ भएकोे कार्यक्रममा एनआईबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबिएल एसले यस कार्यक्रममा सहभागीलाई संस्थागत परामर्श सेवाको जानकारी गराउने र संस्थागत परामर्श सेवामार्फत् नविनतम योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको जानकारी दिएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया