बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री देउवा बनारस पुगे, मुख्यमन्त्री योगीले गरे स्वागत

नेपालखोज २०७८ चैत २० गते १२:१४

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । प्रधानमन्त्री देउवा विशेष विमानमार्फत काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस पुगेका हुन् ।

देउवालाई विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । भारतको औपचारिक भ्रमणमा रहेका देउवाले यसअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरिसकेका छन् । शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार भेटवार्ता भएको थियो ।

नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया