अमेरिकी सेना नेपालमा रहेको दूतावासले पुष्टि गर्यो
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेसल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।
एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौंस्थित दूतावसले भन्यो, ‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन् ।’
विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ । दूतावसले भन्यो, विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा सबलीकरणसम्म, नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य अझै बलियो बनाउन निरन्तर साझेदारी गर्दै आएका छन् । संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीहरूलाई विपद्को समयमा कसरी उत्कृष्ट प्रतिकार्य गर्ने भन्ने बारेमा आफ्ना अनुभव र सिकाइहरू आदान प्रदानको अवसर प्रदान गर्नेछ।’
यसअघि सम्पन्न यस्तै अभ्यासका तस्वीरहरू ।
प्रतिक्रिया