सोमबार, मंसिर १७, २०८१

सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट

नेपालखोज २०७८ चैत २० गते १५:१६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल लिमिटेड चितवनबीच सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले हस्पिटलले प्रदान गर्ने सबै सेवामा १० प्रतिशत छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथ ड्र्रल र मुद्धती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्क मार्फत प्रारम्भिकरुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने छन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टी.एम. र ९० वटा शाखा रहित बैंकिङ ईकाईबाट १३ लाख रुपैयाँभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया