सोमबार, वैशाख १७, २०८१

पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन

नेपालखोज २०७८ चैत २१ गते १०:४९

काठमाडौं । पूर्व पोर्नस्टार रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ । रिपोर्टकाअनुसार रेवन एलेक्सिस क्रोन्स रोगले लामो समयदेखि ग्रसित थिइन् । यो रोगका कारण रेवनको पेटमा इन्फेक्सन र सेप्सिस भएको थियो ।

पूर्व पोर्नस्टार रेवनको लाँस बेगसमा २३ मार्च मै निधन भएको रिपोर्टमा उल्लेख गरिएको छ । रेवनलाई सेप्टिक शक भएको थियो, जसको कारण उनको ब्लड प्रेसर खतरनाक लेवलमा झरेको थियो ।

रेवनका श्रीमानले इन्स्टाग्राम र फेसबूक भिडियोमार्फत् उनको निधन भएको जानकारी दिएका हुन् । उनले भने, ‘उनको आइतबार राति निधन भयो । क्रोन्स/कोलिसिसका कारण पेटमा केही समस्यासँग जुधिरहेकी थिइन् ।’

उनका श्रीमानले उनलाई पाएर भाग्यमानी ठानेको बताएका छन् । उनले भने, ‘उनले तपाईंहरु सबैलाई माया गर्नुहुन्थ्यो । मैले उसलाई आफ्नो जीवनमा पाएर निकै भाग्यमानी ठान्दछु । उनी मेरो दुनिया थिइन् ।’

रेवनलाई ‘इनटरनेट मोडल’को रुपमा चर्चित थिइन् । २०११ मा रेवनले एभीएन अवार्डस् नोमिनेसनमा ‘बेस्ट न्यू स्टारलेट’को अवार्ड पाएकी थिइन् । २००९ देखि २०१० सम्म डिजिटल प्लेग्राण्डमा काम गरे वापत् उनले सो अवार्ड पाएकी थिइन् ।

प्रतिक्रिया