बैंक अफ काठमाण्डूका ग्राहकलाई होटेल आदम पोखरामा २० प्रतिशत छुट
नेपालखोज
२०७८ चैत २१ गते ११:४८
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटेल आदम पोखराबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पश्चात् ग्राहकहरुले होटेल आदम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
होटेल आदमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया