बिहीबार, मंसिर २७, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ चैत २१ गते १४:२७

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार इलाम जिल्लाको साबिक सन्दकपुर गा.पा.वडा नं.४ भोटेगाँउ घर भई हाल काठमाडौंको तार्केश्वर न.पा. वडा नं.५ लोलाङ बस्ने बर्ष ४२ का डाकमान गुरुङलाई पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार प्रतिवादी गुरुङले प्रभु बैंक लिमिटेड सिनामंगल, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ फागुन २९ गते प्रतिवादी गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १५ लाख रुपैंयाँ जरिवाना र तीन दिन कैदको फैसला भएको थियो ।

सो पश्चात फरार रहेका गुरुङलाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार काठमाडौंको बौद्धबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस सीआईबी को भनाइ छ ।

प्रतिक्रिया