बिहीबार, मंसिर २७, २०८१

एउटा करिडोरलाई प्राथमिकता दिएर विद्युत् उत्पादनमा जोड दिनुपर्छ : पाण्डे

नेपालखोज २०७८ चैत २१ गते १९:५४

काठमाडौं । नेकपा (एमाले)लेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत् परियोजना निर्माणमा जोड दिनु पर्ने बताएका छन् ।

आज काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनु पर्ने बताए ।

उनले पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत् परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा ट्रान्समिसन लाइन पु¥याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत् उत्पादनमा सरकारले जोड दिनु पर्ने बताए । पाण्डेले उत्पादन गर्ने प्रशस्त पानीको क्षमता छ भन्दैमा सबै पानीबाट विद्युत् उत्पादन एकै पल्ट गर्नु नहुने बताए । विभिन्न मुलुकको विकास गर्ने नीति आ–आफ्ना हुने भन्दै पूर्वमन्त्री पाण्डेले सरकारले एउटा करिडोरलाई प्राथकिता दिएर विद्युत् उत्पादनमा जोड दिने नीति बनाउनु पर्ने बताए ।

पाण्डेले पछिल्लो समय प्राथमिकताको आधारमा भन्दा पनि शक्तिको आधारमा सुविधा माग गर्न विकासको मोडलमा पुगेको बताए । उनले सरकारले लाखौं खर्च गरेर जनताको घरमा विद्युत् पु¥याउने तर राज्यले त्यहाँबाट २५ पैसा नाफा पाउने अवस्था वर्तमान अवस्था रहेको दाबी गरे । प्राधिकरणले प्राथमिकताको आधारमा प्रसारण लाइनको निर्माण गर्ने कुरामा ध्यान दिए मात्रै जलविद्युत् विकास गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया