शनिबार, वैशाख २२, २०८१

‘समाजमा कलाकार र कलाको प्रभाव कति हुन्छ, पिर र द कश्मीर फाइल्सलाई सम्झे पुग्छ’

नेपालखोज २०७८ चैत २२ गते ११:२६

कलाकारका कारण कति भोट प्रभावित होला ? चलचित्रकर्मी तथा पत्रकार समीक्षक आदिको परिचय बनाएका दीपेन्द्र लामा लेख्छन् – कलाकार प्रवेश गरेकाले १७ -१८ भोट यताउता होला । नत्र गठबन्धन गरे पनि, नगरे पनि कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुने हो । धेरै माथापन्चर गर्न जरुरी नै छैन । अब हेरौं यो स्टाटसमा आएका केही प्रतिक्रिया :

१७ त होइन । यी कलाकारका बुथमा एक भोट बढ्नेछ । राजेन्द्र थापा

दुःख लाग्यो तपाई जत्तिको मान्छेको कलाकार प्रतिको बुझाई देखेर ! समाजमा कलाकार र कलाको प्रभाव कति हुन्छ पछिल्लो समयको ‘पिर ‘ र ‘द कश्मीर फाइल्स’लाई सम्झे पुग्छ । सुरेश दर्पण पोखरेल

कुरो ठिकै गर्नु भो । राप्रपा चौथो पार्टी हुन्छ । समानुपातिकमा राम्रो मत संकलन गर्ने देखिन्छ । ब्रबिम शेर्मा

यथार्थ विश्लेषण । अर्जुनबहादुर तामाङ

एमाले, कांग्रेस, राप्रपा र माओवादी । आरबी शर्मा

कांग्रेस एमाले ड्र होला की ! राजाराम फुयाल

अर्कै पनि हुन सक्छ । वसन्त

माओवादी र एमाले आदि बामगठबन्धन भए रिजल्ट अर्कै आउन सक्दैन र ? भुपाल नेवाङ

सत्य यथार्थ यहि हो । प्रवीण तिम्सिना

पहिलो एमाले नै होला । अरुण के थापा

लाइनको कुरो । दर्शन क्षेत्री

सही । ड्रोनले माथिबाटै खिच्यो सबै दृश्य । सीएन गौतम

अब पहिला माओवादीलाई अत्यधिक मतले विजयी गरायौं नि अबको चुनावमा नयाँलाई भोट हालेर पहिलो बनाऊ त्यो पार्टी ही राप्रपा हो । (म कुनै पार्टी मा आबद्ध छैन ) । हरि बराल

म चाहिँ के ठोकुवा गर्छु भने पहिले माओवादीसँग मिल्यो अब राप्रपा संग मिल्छ एमाले । अशेष अधिकारी

तो त चुनाव पछि नै थाहा हुन्छ । दिपेन्द्र दुलाल चौथोचाहिँ जसपा होला । हरिब‍ोल राई

प्रतिक्रिया