शुक्रबार, जेठ ४, २०८१

उदयपुरमा किशोरी हत्याको विरोधमा विद्यार्थी सडकमा, दुईजना पक्राउ

नेपालखोज २०७८ चैत २२ गते १५:४२

रामपुर । उदयपुरको बेलका नगरपालिका ३, बुद्धचौक घर भएकी एक बालिकाको हत्या भएको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिएका छन् । कालो झन्डा बोकेर ‘कवितालाई न्याय दे’ लगायतका नारा लगाउँदै विद्यार्थीहरू सडक उत्रिएका हुन् । विद्यार्थीहरूले दोषी पत्ता नलागेसम्म विरोध प्रदर्शन जारी राख्ने जनाएका छन् ।

कोशी जनता माध्यमिक बिद्यालय रामपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहले घटनाबाट विद्यालय परिवार मर्माहत भएको जनाएका छन् । बस्नेत र साहद्वारा जारी संयुक्त विज्ञप्तीमा ‘बिद्यालयमा नियमित रुपमा अध्ययनरत छात्राको बिद्यालय आउने क्रममा बाटोमा भएको क्रुर र हिंसक घट्नाको बिद्यालय परिवार घोर भत्र्सना र निन्दा गर्दछ’ भनिएको छ । विद्यालय परिवारले घटनाको निश्पक्ष छानबिन गरि यथाशीघ्र अपराधी पत्ता लगाई कडाभन्दा कडा सजाय गर्न सरकारसँग माग गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवार स्थानीय जशोदा खोलामा हत्या गरिएको अवस्थामा भेटिएकी हुन् । कविता मंगलवार बिहान सवेरै एसईई परीक्षाको तयारी गन कोचिङ कक्षा लिन घरबाट विद्यालय निस्किएकी थिइन् । उनले विद्यालयसम्म पुग्न केही सुनसान क्षेत्र पार गरेर जानुपर्छ । प्रहरीले हत्याको आशंका दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरले गहन अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया