मंगलबार, जेठ ८, २०८१

चीनमा कोरोनाको नयाँ सब-टाइप, सबै भेरियन्टभन्दा फरक लक्षण

नेपालखोज २०७८ चैत २३ गते ९:३९

बेइजिङ । चीनमा अहिले फेरि एक पटक कोरोना संक्रमण उत्कर्षतर्फ लम्किरहेको छ । गएको आइतबारको तथ्यांक अनुसार पछिल्लो समयकै उच्च संख्या १३,१४६ कोरोनाका नयाँ बिमारी फेला परे ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ती संक्रमितमध्ये ११, ६९१ जनामा कुनै लक्षण देखिएको थिएन । चीनको आर्थिक राजधानी सांघाईमा आइतबार ८ हजारभन्दा बढी नयाँ संक्रमित पहिचान गरिए जसमा ७,७८८ जना बिना लक्षणका थिए ।

शंघाईको अवस्था बिग्रदै गएपछि त्यहाँ सेनासमेत स्वास्थ्य सेवामा जुटेको छ । चीनको पिपुल्स लिवरेशन आर्मी (PLA) का अनुसार कोरोनासँग लड्न शंघाईमा २ हजारभन्दा बढि मेडिकल स्टाफ खटाइएको छ । अहिले शंघाईमा लकडाउन लगाइएको छ भने त्यहाँको २ करोड ६० लाख नगरबासी घरमै कैद हुन बाध्य छन् ।

स्वास्थ्य अधिकारीहरुले सांघाईबासीहरुलाई सेल्फ टेस्ट गर्न अनुरोध गरेका छन् भने सोमबारदेखि त्यहाँ व्यापक स्तरमा कोरोना टेस्टिङ सुरू गरिएको छ । एक्सपो सेन्टर अब अस्पताल चीनमा अहिले बढिजसो संक्रमित बिना लक्षणका छन् र उनीहरुलाई क्वारनटीन सेन्टरमा राखिएको छ । यता सोशल मीडियामा नगरबासिहरुले कडा लकडाउनको विरोध गर्दै घरमै आइसोलेट हुन पाउनुपर्ने माग गरिरहेका छन् ।

सांघाईमा कोरोनाका संक्रमित बढन थाले पछि एक्सपो तथा एग्जीबिशन सेन्टरहरुलाई अस्थायी अस्पतालमा परिवर्तन गरिएको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार वर्ल्ड एक्सपो सेन्टर २०१० मा निर्माण भएको थियो र त्यहाँ अहिले ६ हजार बेड लगाइएको छ । यसैगरी न्यु इन्टरनेशनल एक्सपो सेन्टरमा १४ हजार बेडको अस्थायी अस्पताल बनाइएको छ ।

प्रतिक्रिया