मंगलबार, जेठ ८, २०८१

७ जनामा कोरोना, २५ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २४ गते १५:५९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८१९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ८४९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणगर्दा कैमानी काेराेना देखिएको छ । नेपालमा अब जम्मा ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६५ हजार ८४७ पुगेको छ । संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५० हजार ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया