सोमबार, जेठ ७, २०८१

वैशाखमा आउने केही नयाँ गाडी

नेपालखोज २०७८ चैत २५ गते १४:१३

काठमाडौं । आउने वैशाखमा बजारमा मारुती सुजुकी, टाटा मोटर्स, हुन्डाइ, भोल्भो तथा होन्डाका नयाँ कार लन्च हुँदै छन् । ती कारमा मारुती सुजुकी अर्टिगा फेसलिफ्ट, २०२२ मारुती सुजुकी एक्सएल सिक्स, टाटा नेक्सन ईभी २०२२, होन्डा सिटी e-HEV तथा भोल्भो XC40 Recharge छन् । हेरौं यी कारका बारेमा केही जानकारी :

Honda City e-HEV
स्ट्रोङ हाइब्रिड प्रोडक्ट Honda City १४ अप्रिलमा लन्च हुँदै छ । यसमा सेल्फ-चार्जिङ स्ट्रोङ हाइब्रिड सेटअप देख्न पाइनेछ जसमा दुईवटा इलेक्ट्रिक मोटर्स तथा एउटा १.५ लिटर क्षमताक‍ो पेट्रोल इन्जिन रहनेछ । ग्राहकले यसमा कम्बाइन ३० kmpl सम्म माइलेज पाउनेछन् । नयाँ होन्डा सिटीमा सेफ्टी फिचर्सका साथ अझ बढी कन्फर्ट प्राप्त हुनेछ । यो कारको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य ३० लाख जति हुन सक्छ ।

Maruti Suzuki Ertiga Facelifted तथा XL6
मारुती सुजुकी आफ्नो MPV (मल्टी परपज भेइकल) सेक्सनलाई अपग्रेड गर्न तयार छ । मारुतीले आउँदो वैशाखमा Maruti Suzuki Ertiga तथा Maruti Suzuki XL6 क‍ फेसलिफ्ट भर्जन लन्च गर्दै छ । यी दुवै गाडीक‍ो २०२२ भर्जनमा अनेकौं कस्मेटिक परिवर्तन गरिएको बताइन्छ । यी गाडीको इन्टिरियरमा फ्रेस थिमका साथ रिवाइज्ड अपहोलस्ट्री देख्न पाइनेछ । त्यसका अतिरिक्त क्रुज कन्ट्रोल, अपडेटेड इन्स्ट्रूमेन्ट क्लस्टर तथा मारुतीको लेटेस्ट इन्फोटेनमेन्ट सिस्टम ३६० डिग्री पार्किङ क्यामेराजस्ता फिचरयुक्त हुनेछन् यी गाडी । मारुती सुजुकी अर्टिगाको फेसलिफ्ट मोडलको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य साढे १३ लाख रुपैयाँबाट सुरु हुन सक्छ ।

Nexon EV अपडेटेड
टाटा मोटर्स यतिबेला Nexon EV को अपडेटेड मोडल लन्च गर्ने तयारीमा छ जसको ब्याट्री अझ ठूलो हुनेछ । यसका अलावा Nexon EV मा अरु पनि अपडेट रहनेछन् । यो गाडीले पहिलेक‍ो तुलनामा बढी रेन्ज दिनेछ । यसमा अपडेटेड फिचरहरु समेटिनेछ । हालको Nexon EV मा ३०.२ kWh को ब्याट्री प्याक उपलब्ध हुन्छ जसले ३१२ किलोमिटरको माइलेज दिन्छ । यसक‍ो अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य ३० लाख रुपैयाँजति रहनेछ ।

Volvo XC40 Recharge
Volvo XC40 Recharge लामो समयदेखि बजारमा आउने तयारीमा छ । XC40 Recharge सिंगल फिचर लोडेड भेरियन्टमा मात्र उपलब्ध हुनेछ । यसमा डुअल-मोटर सेटअप रहनेछ । यसमा ४१८ किलोमिटर क‍ो WLTP-क्लेम्ड रेन्ज देख्न पाइनेछ । Nexon EV कै जस्तो XC40 Recharge एउटा अल-इलेक्ट्रिक भर्जन हुनेछ । यसमा रेगुलर XC40 क‍ो जस्तै फिचरका अतिरिक्त ग्रिल र बम्परमा EV-सेन्ट्रिक स्टाइलिङ देखिनेछ । यसक‍ो अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य एक करोड २० लाखक‍ो आसपास रहनेछ ।

Hyundai Tucson २०२२
Hyundai Tucson क‍ो फेसलिफ्ट मोडल पनि यहि महिना लन्च हुन सक्छ । यसमा नयाँ स्टाइलिङ देखिनेछ । यो Tucson मा ADAS टेक्नोल‍ोजी समावेश हुनेछ । य‍ो एउटा फ्लेगसिप कार हुनेछ, जसमा भरपूर फिचर सामेल हुनेछन् । यसमा टोम्याटिक ट्रान्समिसनका अतिरिक्त AWD सिस्टम पनि दिइन सक्छ । Hyundai Tucson क‍ो फेसलिफ्ट मोडलको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य ४० लाख रुपैयाँको आसपास रहने बताइन्छ ।

प्रतिक्रिया