शनिबार, वैशाख २२, २०८१

अमेरिकाको निसानामा परेका पुटिनका छोरीहरु को हुन र के गर्छन् ?

नेपालखोज २०७८ चैत २५ गते १३:३४

अमेरिकाले भ्लादिमिर पुटिनका छोरीहरुमाथि प्रतिबन्ध लगाउनुको मुख्य उदेश्य रूसी राष्ट्रपतिलाई निसाना बनाउनु नै हो । अमेरिकाको आरोप छ रूसी राष्ट्रपति पुटिन आफ्नो सम्पत्ति लुकाइरहेका छन् र यसमा उनका छोरिहरुले खास मदत पुर्‍याएका छन् । ह्वाइट हाउसअनुसार राष्ट्रपति पुटिनले छोरिहरुको नाममा सम्पत्ति लुकाएका छन । जे होस अमेरिकि निसानामा परे पछि हिजोसम्मका गुमनाम पुटिन पुत्रीहरु अहिले रातारात संसारभरका मिडियामा छाइरहेका छन ।

आउनुहोस हामी पनि हेरौं पुटिनका छोरीहरु को-* को हुन र उनिहरु के गर्छन ?

पुटिनका दुई छोरी मारिया र क्याटेरीना

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनका दुइ छोरी छन ( क्याटेरीना र मारिया) । उनिहरु दुबै पुटिनकि जेठि श्रीमती ल्युडमिलाका सन्तान हुनं । पुटिनकी ठुली छोरीको नाम मारिया भ्लादिमीरोभना वोरोत्सोभा हो भने कान्छि छोरीको नाम क्याटेरीना भ्लादिमीरोभना तिखोनोभा हो । भनिन्छ पुटिनले यी छोरिकि आमा ल्युडमिला सँग पारपाचुके लिइसकेका छन । पछि पुटिनले अर्को बिबाह गरेको खबर सार्वजनिक नभए पनि उनको रंगिन जिवनका खबरहरु सधैं चर्चामा छन ।
रूसका राष्ट्रपति भ्लादिमीर पुटिनका छोरिहरुका सन्दर्भमा अमेरिकाको भनाइ के छ भने उनिहरुले पुटिनको प्रोपर्टी लुकाउन मदत गरिरहेका छन । यद्यपि यी दुइ युवतिले कहिल्लै कतै सार्वजनिक रुपमा रूसी रास्ट्रपति पुटिन नै आफ्नो बुवा भएको कुरा बताएका छैनन् । उनिहरु सामान्यतः पब्लिक लाइफमा पनि देखिदैनन ।

के गर्छन् पुटिनका छोरिहरु ?

मीडिया रिपोर्ट अनुसार पुटिनकी ठुलि छोरि डा । मारिया अहिले रूसी राष्ट्रपति भवनमा कार्यरत छिन । आधिकारिक रुपमा उनि रूसको स्वास्थ्य मन्त्रालय अन्तरगतको नेशनल मेडिकल रिसर्च सेन्टर फर एन्डोक्रोनोल‍जी डिपार्टमेन्टमा प्रमुखका रुपमा नियुक्त भएकि हुन । मारिया रिसर्चर हुन र उनले सेन्ट पीटर्सबर्ग युनिभर्सिटी बाट जीव विज्ञान तथा मास्को स्टेट युनिभर्सिटी बाट मेडिसीनको अध्ययन पूरा गरेकि छिन । उनि अनुवांशिक अनुसन्धानको काममा शामेल छिन । यसैगरि पुटिनकी अर्कि छोरि क्याटेरीना टेक्नोलोजी एग्जुकेटिभ हुन । उनी पनि क्रेमलीन मै काम गर्छिन । क्याटेरीनाको काम रूसी सरकार तथा उसको डिफेन्स उद्योगको समर्थन गर्नु हो ।

बिबाह तथा सम्पत्तिको कुरा

न्युज एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार क्याटेरीनाले आफुलाइ राष्ट्रपति पुटिनका पुराना साथि निकोलाई शामलोभका छोरा किरिल शामलोभकी श्रीमती बताएकि थिइन । शामालोभ एउटा रूसी बैंकको शेयर होल्डर हुन जुन बैंक रूसी एलिटहरुको पर्सनल बैंक मानिन्छ । वित्तीय विश्लेषकहरुको हवाला दिदै र‍‍ोयटर्सले लेखे अनुसार पति ( पत्नीका रूपमा किरिल र क्याटेरीना सँग करीब २ बिलियन डलरक‍ो कर्पोरेट होल्डिङ थीयो । रूसी तथा पश्चिमी मीडियाहरुका अनुसार कान्छि मारियाले डच बिजनेसम्यान जोरिट जोस्ट फासेन सँग बिबाह गरेकि छिन । रिपोर्टमा भनिएको छ( उनका श्रीमान गजप्राम बैंक का लागि काम गर्छन् ।

यता रूसका सरकारी अधिकारिहरुले अमेरिकी आरोपको खन्डन गर्दै भनेका छन पुटिनको सम्पत्तिलाइ लिएर बेतुकका हल्ला र भ्रम फैल्याइएको छ ।

प्रतिक्रिया