मंगलबार, जेठ ८, २०८१

कोभिडकै लक्षण देखाउने एउटा अर्को भाइरस

नेपालखोज २०७८ चैत २५ गते २०:०१

काठमाडौं । केही देशमा कोरोनाको चौथो लहर सुरु भएजस्तो स्थिति देखापरिरहेको अवस्थामा एउटा नयाँ बिमारी पनि सँगै देखिन थालेको छ । यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएको बताइन्छ । बेलायतबाट प्रकाशन हुने डेली मिररको रिपोर्टअनुसार यो बिरामीको लक्षण पनि कोरोना भाइरस जस्तै खोकी, स्वाद र गन्ध हराउने तथा ज्वर‍ो आउने हो ।

नयाँ रोगको नाम राइनो भाइरस

स्वास्थ विज्ञहरुका अनुसार कोरोनापछि अहिले केही ठाउँमा राइनोभाइरस (Rhinovirus) नामको नयाँ संक्रमण फैलन थालेको छ । यसको लक्षण कोरोनासँग मिल्दो-जुल्दो भएकाले यसलाई चिन्न गाह्रो हुन सक्छ । यस्तो लक्षण देखिएर कोभिड टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आए यो रोग लागेको हुन सक्छ ।

बेलायतमा तयार गरियो गाइडलाइन

मिडिया रिपोर्ट अनुसार, ब्रिटेनको हेल्थ डिपार्टमेन्टले कोरोना र राइन‍ो भाइरसबीचको अन्तर बताउन एउटा गाइडलाइन तयार पारेको छ । य‍ो गाइडलाइनको मदतले यस विषयमा जागरुकता फैलाएर यो संक्रामक बिमारीलाई फैलनबाट रोक्न सकिने कुरा बताइएको छ ।

के छ गाइडलाइनमा ?

बेलायत सरकारका तर्फबाट जारी गाइडलाइन अनुसार यदि कोरोना टेस्ट नेगेटिभ आए पनि लगातार टाउको दुखिरहेको छ, गलामा समस्या छ अनि नाक पनि बगिरहन्छ भने त्यो राइनो भाइरसको लक्षण हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिएर घरमै आराम गर्नु उपयुुक्त हुन्छ । यो भाइरस आफूबाट अरुमा नसरोस भनेर स्वस्थ नहुन्जेल घरमै आइसोलेट रहनुपर्छ ।

प्रतिक्रिया