शुक्रबार, जेठ ४, २०८१

म कोक, फ्यान्टा तथा रक्सी किन पिउँदिनँ ?

डा . अरुणा उप्रेती २०७८ चैत २६ गते ६:५९

कोकाकोला पिउनु मानिसको स्वाथ्यका लागि लाभदायक छैन । पश्चिमी शैलीका खानपानमध्ये कोक, पेप्सी र इनर्जी ड्रिङ्कजस्ता हल्का पेय पदार्थले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन नै गरिसकेको छ । स्वस्थकर यस्ता स्थानीय पेय पदार्थको विस्थापन गरेका पश्चिमी शैलीका पेय पदार्थहरू अहिले हाम्रा गाउँघरमा छ्यापछ्याप्ती पाइन थालेका छन् । ग्रामीण क्षेत्रका कतिपय मानिसहरूले दूध, दहीजस्ता पोसिला पेय पदार्थ बेचेर कोक, पेप्सी किनिरहेको देखिन्छ ।

‘आधुनिक जीवनशैली अपनाउने लहडमा अहिले धेरै मानिस स्वस्थकर तथा पोसिला स्थानीय पेय पदार्थको सट्टा नाकमा ठुस्स पिरो धुवाँको मुस्लो छोड्ने र पेटलाई ढुस्स पार्ने यस्ता बजारिया पेय पदार्थको स्वादमा रमाइरहेका छन् । यसका कारण भविष्यमा उनीहरूको दाँत, पेट, हाड, जोर्नीलगायत शरीरका अन्य अङ्गहरूमा धेरै किसिमका रोगले घर बनाउँछ । यस्ता पेय पदार्थले स्वास्थ्यमा सकारात्मक परिवर्तनहरू ल्याएको भ्रम पार्ने विज्ञापनहरूका कारण हामी आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वासमा हुन्छौँ । यसरी पिउँदापिउँदै कतिपयलाई त नशालु पदार्थ रक्सी जस्तै लत लागिसकेको हुन्छ ।

यस्ता चिसो झोललाई पत्रु खाना मानिन्छ । पत्रु खाना भनेको पोषणतत्त्वरहित खाना हो । चिसो झोलमा हुने एक मात्र काम लाग्ने तत्त्व भनेको चिनी हो, जुनचाहिँ मानिसहरूलाई अन्य खानाबाट नै प्राप्त हुने गर्दछ । झोलबाट प्राप्त हुने थप चिनी र यसमा हुने अन्य तत्त्वहरू आवश्यक नपर्ने मात्र होइन कि यी पदार्थहरू भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्त्वहरूले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने र क्यान्सरजस्ता रोगहरू निम्त्याउन पनि सक्छन् । त्यसैले यस्ता चिसो झोलको सेवन गर्दा स्वास्थ्यलाई नराम्रो असर मात्र गरिरहेको हुन्छ, फाइदा त केही देखिन्न’दिनैपिच्छे एक गिलास कोल्ड ड्रिङ्क्स पिउँदा मेटाबोलिक सिन्ड्रोमको सम्भावना ५० प्रतिशत बढ्छ ।

त्यसपछि प्रेसर, सुगर, कोलेस्टेरोल, मुटु, मस्तिकलगायतको रोग निम्त्याउँछ ।’ एक गिलास कोल्ड ड्रिङ्क पिएको ३० मिनेटभित्र रगतमा ग्लुकोजको मात्रा बढ्छ

सन् २०१० मा न्युजिल्याण्डकी ३१ वर्षीया महिला नताशा ह्यारिनको मुटुको चाल बिग्रिएर मृत्यु भयो । एबीसी न्युजका अनुसार उनको मृत्युको प्रमुख कारण अति धुमपान र अति बढी कोकाकोलाको सेवन थियो । उनका नजिकका साथीहरूले सञ्चारमाध्यममा बताएअनुसार ‘नताशाले कोक पिउन नपाउँदा उनी काप्न थाल्थिन् । उनको टाउको दुख्न सुरु हुन्थ्यो । उनलाई रक्सीको जस्तै लत लागेको थियो । समस्याका कारण नताशाका सबै दाँत मृत्युभन्दा धेरै वर्षअगाडि नै झिकिसकिएको थियो । यसको मुख्य कारण नै कोकाकोलाको अत्यधिक सेवन थियो । कोकाकोलामा भएको अत्यधिक चिनी, क्याफिन र अन्य रसायनले उनको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको थियो । केटाकेटीलाई यी पेय दिएर किन जीवन बिगारेको ?

प्रतिक्रिया