सोमबार, जेठ ७, २०८१

सुदूरपश्चिममा गठबन्धन तोड्दै जसपा

नेपालखोज २०७८ चैत २६ गते १७:०५

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाले गठबन्धनबाट बाहिरिने जनाएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमध्येको एक घटक जसपाले सुदूरपश्चिममा गठबन्धन तोड्ने जनाएको हो ।

प्रदेश सरकारमा आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै गठबन्धनबाट बाहिरिने तयारी गरिएको जसपा सुदूरपश्चिम कार्यालयले जनाएको छ । शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । तर जसपालाई सहभागी गराइएको छैन् । सरकारमा सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन् । केही बेरमा पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने कुरा सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया