मंगलबार, जेठ ८, २०८१

एउटै देशमा बाह्रथरि समय !

नेपालखोज २०७८ चैत २९ गते १८:२१

काठमाडौं । के तपाईंलाई थाहा छ फ्रान्स संसारको सबैभन्दा बढी टाइम जोन भएको मुलुक हो ? हाम्रोजस्तो सान‍ो देशमा त एउटै मात्र समय हुन्छ । भारतमा पनि ठाउँअनुसार फरक समय मानिँदैन । संसारमा यस्ता पनि देश छन् जहाँ एकभन्दा बढी टाइम जोन छन् ।

फ्रान्स
फ्रान्स निकै फैलिएक‍ो मुलुक हो । फ्रान्सका कैंयन् द्वीप संसारका कैंयन् भागमा फैलिएका छन् । यही कारणले फ्रान्सले ठाउँअनुसार १२ वटा समयलाई मान्यता दिएको छ । अर्थात् फ्रान्समा १२ वटा टाइम जोन छन् जुन संसारकै सर्वाधिक हो ।

अमेरिका
अमेरिका आफैंमा विशाल देश हो । आधिकारिक रुपमा अमेरिका ९ वटा टाइम जोनमा बाँडिएको छ । अमेरिकामा दुईवटा अनाधिकारिक टाइम जोन पनि छन् ।

रूस
रूसमा ११ वटा टाइम जोन छन् । सोभियत संघ टुक्रिएपछि १९९२ मा यी टाइम जोन तय गरिएका थिए । रुसमा एउटै समयमा १० घण्टासम्मको फरक छ ।

अन्टार्कटिका
विशाल बर्फिलो क्षेत्र अन्टार्कटिकालाई त्यसको विशालताका कारण १० वटा टाइम जोनमा बाँडिएको छ ।

ब्रिटेन
ब्रिटेन आकारमा सानो भए पनि टाइम जोनका हिसाबले धेरै ठूलो देश हो । बेलायतमा ९ किसिमको समय चल्छ । टाढा-टाढा फैलिएका अलग-अलग द्वीपका कारण यतिका टाइम जोन बनाउनुपरेको बताइन्छ ।

अस्ट्रेलिया
विशालकाय अस्ट्रेलियामा ८ वटा टाइम जोन छन् । यहाँ देशको कुनै भागमा बिहानको ५ बज्दा अर्को ठाउँमा दिउँसोको ११ बजिसकेको हुन्छ ।

क्यानाडा
क्यानाडामा ६ वटा टाइम जोन छन् ।

डेनमार्क
युरोपेली देश डेनमार्कमा पाँचवटा टाइम जोन छन् । यो देशको केन्द्रीय इलाका र अरु इलाकाबीच कैंयन् घण्टाक‍ो फरक हुन्छ ।

न्युजिल्यान्ड
अलग-अलग द्वीपमा बाँडिएक‍ो देश न्युजिल्यान्डमा ५ किसिमको समय प्रयोग हुन्छ ।

ब्राजिल
ब्राजिलमा पनि अलग-अलग द्वीपका कारण चारवटा टाइम जोन प्रयोग गरिन्छ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया