शुक्रबार, वैशाख २१, २०८१

अफगानिस्तानसँग भिड्दै नेपाल

नेपालखोज २०७८ चैत २९ गते ९:११

ङ्कागँठमाडाैं । एएफसी फुटसल एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्दैछ । प्रतियोगितामा सान्तवना जितको खोजिमा रहेको नेपाल अफगानिस्तानलाइ पराजित गर्दै प्रतियोगिताको सुखद अन्त गर्न चाहन्छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुने आफ्नो अन्तिम  खेलमा नेपाल दिउँसो १:४५ मा मैदानमा उत्रने छ । नेपाल पहिलो जितका लागि उत्रिने प्रयासमा रहेपनि अफगानिस्तान प्रतियोगितामा बलियो टोलिका रुपमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ को फराकिलो हार भोग्न बाध्य भएको थियो ।

प्रतिक्रिया