शुक्रबार, वैशाख २१, २०८१

सुन ताेलामा ८ सय रुपैयाँले बढ्याे, १ लाख ९ सयमा कारोबार हुँदै

नेपालखोज २०७८ चैत २९ गते ११:०३

काठमाडाैं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९९ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी १३ सय ६५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया