शुक्रबार, वैशाख २१, २०८१

एकै घरका आठ जनाको हत्या

नेपालखोज २०७८ चैत २९ गते १२:२०

मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् ।

हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया