शुक्रबार, वैशाख २१, २०८१

सेगवे नाइनबटद्वारा स्मार्ट ईलेक्ट्रिक स्कुटर ई-१२५ सार्वजनिक

नेपालखोज २०७८ चैत २९ गते १२:४०

काठमाडौं । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । सेगवे विश्वव्यापीरुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो ।

नेपालमा सेगवे ई–१२५को विक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ । नेपालमा नाईन बटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।

सेगवे ई–१२५
ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाईन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ कीमीसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट बोेच ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भि र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ ।

स्कुटरसँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् । बोचको १०औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्छ । सुन्दर देखिने डिजिटल ड्यास बोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्छ । आईपि एक्स ५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ । सेगवे इ–१२५ दूई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ –सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य रु. ३,९१,००० तोकिएको छ ।

प्रतिक्रिया