मंगलबार, जेठ ८, २०८१

के छ नास्त्रोदम्सको भविष्यवाणीमा ?

नेपालखोज २०७९ वैशाख १ गते ८:४१

नास्त्र‍ोदम्सको भविष्यवाणीमा हिटलरको शासन, द्वितीय विश्व युद्ध, नाइन इलेभेनको आतकंकारी हमला, फ्रान्सेली क्रान्ति तथा परमाणु हतियारको विकास जस्ता घटनाहरुको वर्णन गरिएको छ । भनिन्छ, नास्त्र‍ोदम्सले २०२० मा कोरोना महामारी सुरु हुने भविष्यवाणीसमेत गरेका थिए ।

महान् भविष्यवेत्ता नास्त्र‍ोदम्सले हाम्रो वर्तमान समयलाई लिएर केही ठुला भविष्यवाणी गरेका छन् । फ्रेन्च एस्ट्रोलोजर नास्त्र‍ोदम्स ६,३३८ वटा भविष्यवाणीले के बताउँछ भने संसार कसरी समयसँगै आफ्नो अन्त्य तर्फ कसरी बढछ ? भनिन्छ नास्त्र‍ोदम्सका ७० प्रतिशतभन्दा बढी भविष्यवाणी सत्य सावित भएका छन् ।

नास्त्र‍ोदम्सको निधन

नास्त्र‍ोदम्सको निधन २ जुलाई, १५६६ मा भएको थियोे । मानिसहरु आज पनि उनको भविष्यवाणिको खोजिनिति गर्छन् । नास्त्र‍ोदम्सको भविष्यवाणीमा हाम्रो वर्तमान कालमा निकै प्रभावशाली तथा शक्तिशाली व्यक्तिको मृत्यु हुने आशंका जनाइएको छ । सेन्चुरीयाक‍ो चौधौं छन्दमा उनले लेखेका छन्- एक जना शक्तिशाली व्यक्तिका आकस्मिक मृत्युले परिवर्तन ल्याउने छ र त्यो देशको नेतृत्वमा नयाँ अनुहार अगाडि आउनेछ । नास्त्र‍ोदम्सको भविष्यवाणीमा विश्वास गर्नेहरु उनको भनाइको अलग-अलग ढंगले व्याख्या गर्छन् । ती व्याख्या कहिले सटिक निस्कन्छ भने कहिले गलत ।

विनाशकारी भूकम्प

नास्त्र‍ोदम्सक‍ो सेन्चुरीमा यही वर्ष जापानमा विनाशकारी भूकम्प जाने कुरा उल्लेख थिय‍ो । नभन्दै ७ अक्टोबर २०२१ मा त्यहाँ ५.९ तीव्रताको भूकम्पले विशाल कान्टो क्षेत्रलाई हल्लायो । यद्यपि त्यसबाट त्यति धेरै नोक्सानी हुन पाएन ।

युरोपमा युद्ध

केही व्याख्या अनुसार नास्त्र‍ोदम्सको भविष्यवाणीमध्ये एउटा भविष्यवाणी पेरिससँग सम्बधित छ र आगामी वर्ष त्यो साकार हुन सक्छ । भविष्यवाणीको व्याख्या मुताबिक, युरोपमा युद्धको जस्तो वातावरण सृजना हुनेछ । गएको वर्ष नै फ्रान्सको राजधानी पेरिसमा कोभिड प्रतिबन्धलाई लिएर अराजक दृश्य देखा परिसकेको छ । २०१५ मा फ्रान्समा आईएसआईएसको आतंककारी हमलामा १३० जना मारिएका थिए । यो द्वितीय विश्व युद्ध पछि फ्रान्समा भएको सबैभन्दा ठुलो हमला थियो भने अहिले युक्रेन संकटका कारण रुस र युरोपबीचको तनाव उत्कर्ष तर्फ अघि बढ्दैछ ।

प्रवासीहरुको संकट

नास्त्र‍ोदम्स लेख्छन् , ‘रगत र भोकको ठुलो विपत आउनेछ । उनले सात ठाउँमा समुद्र तट, भोक तथा कैदको कुरा लेखेका छन् जसक‍ो अर्थ विश्वमा युद्ध र सशस्त्र संघर्षले मानिसहरु खानसम्म नपाउने अवस्थामा पुग्ने तथा यसबाट आप्रवासको समस्या चुलिएर जाने लगाइएको छ । नास्त्र‍ोदम्सको भविष्यवाणीमा विश्वास गर्नेहरु के मान्छन् भने सामान्यभन्दा सात गुणा बढी प्रवासी युरोप पुग्नेछन् । यो कुरा सामान्य अवस्थामै पनि सत्य जस्तै हुन थालेको थियो भने युक्रेन युद्धपछि युरोपमा असप्रवासी तथा शरणार्थीहरुको समस्या अझ गहिरिएको र यो त्यहाँको ठुलो राजनीतिक मुद्दा भइसकेको छ ।

युरोपियन युनियनको पतन

केहि मानिसहरु के पनि मान्छन् भने नास्त्र‍ोदम्सले युरोपियन युनियनको पतनको भविष्यवाणी गरेका छन् । २०१६ मा ब्रिटेनले ब्रेक्सिट का पक्षमा मत दिएपछि युरोपियन युनियन संकटमा परेक‍ो थियो । यद्यपि युक्रेन माथिको रुसी हमलाले युरोपलाई एकजुट हुन बाध्य तुल्याएको छ । नास्त्र‍ोदम्सको भविष्यवाणीको विस्लेषण गर्नेहरु ब्रेक्सिट सुरुवात मात्र भएको र युरोपियन युनियनको पतन निश्चित रहेको बताउँछन् ।

नास्त्र‍ोदम्सले लेखेका छन्, ‘म आकाशबाट पृथ्वीमा आगो झरिरहेको देखिरहेक‍ो छु । ‘गएको वर्ष 2021GW4 धूमकेतु पृथ्वी नजिक भएर गयो । नासाले यस्ता घटनालाई ठुलो चिन्ता मान्दैन । यसैगरी नास्त्र‍ोदम्सले आर्टिफिशियल इन्टेलिजेन्सको विकासको कुरा पनि उल्लेख गरेका छन् भन्ने मानिन्छ । आर्टिफिशियल इन्टेलिजेन्स (AI) अहिले निरन्तर एडभान्स लेवलमा पुगिरहेको छ । नास्त्रोदम्सको भविष्यवाणीमा विश्वास गर्ने कतिपयले मानव जातिमाथि रोबोट को कब्जा हुने विश्लेषणसमेत गरेका छन् ।

प्रतिक्रिया