शनिबार, जेठ ५, २०८१

सलमानको कार्यक्रम ‘दबङ्ग रिलोडेड टुर’ काठमाडौंमा आयोजना हुँदै (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख १ गते १७:०२

काठमाडौं । बलिउड अभिनेता सलमान खानको कार्यक्रम ‘दबङ्ग रिलोडेड टुर’ आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने भएको छ । कार्यक्रममा २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको आयोजक ओडीसी इन्टरटेनमेन्टले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए । सोहेलले ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा बालबालिका र महिलाहरु पनि उपस्थित हुने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए । उनले कार्यक्रमको समयमा सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।

सगरमाथा हेर्ने बाल्यकालदेखिको सपनालाई यस वर्ष पूरा गर्ने उनले बताएका हुन्। आफू १२ वर्षको हुँदा विद्यालयबाट आयोजित भ्रमण कार्यक्रममा नेपाल आएको बताएका छन् ।

बलिउडका चर्चित अभिनेता सलमान खानको आगामी जेठको १४ गते दशरथ रंगशालामा हुने ‘दबङ्ग रिलोडेड टुर’ को शिलशिलामा सोहल बिहिबार काठमाडौं आएका थिए। ‘दबङ्ग रिलोडेड टुर’ मा सलमानबाहेक प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।

प्रतिक्रिया