बिहीबार, जेठ ३, २०८१

‘बालेन शाहले केही गर्ला कि भनेको जुनियर खड्ग ओली पो भएर निस्कियो’

नेपालखोज २०७९ वैशाख २ गते ११:४७

ट्‌विटरमा बलेन शाहको चर्चा :
बलेन शाहको राजकीय नाटक त चुनाव अगाडि नै सुरु भएछ त । ५००/१००० झोले बोकेर काठमान्डूको मेयर जित्नु नामुमकिन छ हाऊ ।
उत्तम वज्राचार्य

बत्तीवरिपरि धेरै पुतली घुम्छन् !
श्याम दाहाल

त्यो भिडियो साहेद म्युजिक शोमा भित्र जाँदाको हो जस्तो लाग्यो?
डा. निर्मल कँडेल

1% मत पनि ल्याउँदैन।
बशिस्ठ

कमसेकम देशको बारेमा सोचेका त छन बलेनले।
प्रभाष भण्डारी

नाटकै बढी । नमच्चिने पिङको सय झड्का !
अर्याल केपी

नेपाली युवामा यिनको लोकप्रियता राम्रो छ । योचाँहि सत्य हो ।
वैशाख १ गते, २०७९

आउने २-४ भोट पनि गुमाए.. मेरोतर्फको भोट धरि गुमाए।
तपाईंको प्रदीप

भोट बाँडिने हुन्, सबै सपनामा रमाउने त हो ।
बौचा म

उहाँको आँट र भिजन देख्दा एउटा स्वतन्त्र उम्मेदवार लाई काठमाडौंले यो पाली नजिताए वातावरण मात्रै होइन हरेक चिज फोहोर हुदै जानेछ । त्यसैले आउनुहोस यो पाली परिवर्तनको लागी स्वतन्त्र युवा उम्मेदवार लाइ समर्थन गरौं ।
केपी खनाल

किशोर थापा , रञ्जु दर्शना र रेखा थापाको कक्टेल वालेन शाह हो रे ।
सुदर्शन खनाल

राजतन्त्रको माग पनि चर्किरहेको छ ।
वालेन शाह (राजतन्त्र पनि शाहकै थियो) मेयर बन्न खोज्दै छन् ।
बरु यसो गरौँ तिनैलाई राजा बनाइदिम् ।
खलाँसी

धर्मकै साहरा हो भने राप्रपा नै काफी छ, वालेन शाह किन चाहियो ?
प्रशान्त लामिछाने

वालेन शाहमा दम छैन पनि भन्छौ, रात दिन त्यसैको कुरा काट्छौ।
संगीत क्षेत्री

केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यनाश – माहोल वालेन शाह।
नारद अर्याल

महानगरको मेयरमात्रै ताकेर हुन्न, मेयरदेखि वडासदस्यसम्म (सबै) एउटै दल वा ग्रुपबाट आउनुपर्च, सेटले नै जित्नुपर्छ!
वालेन शाह हुन् कि जोसुकै हुन्!
तब न ठोस उपलब्धि देखाम्न सकिन्च!
रुक्मांगद

वालेन साह महानगरको मेयरको लागी मिडीया गल्यामर हुन है!! उसैले भनेको ९०८५६ भोट हैन ?? वास्तवमा ९८५६ चांँही पक्का हो!!
गोविन्द नेपाल

काठमाडौँको सामाजिक सांस्कृतिक बिकासका लागि वालेनजस्तै मान्छेको खाँचो छ । तर उनी मेयर पदमा निर्वाचित हुनेवाला छैनन् । किनभने काठमाडौँका मतदाता एमाले, कांग्रेस, माओवादी लगायत छन् तर वालेन यी कुनै हैनन् ।
क्याटलिस्ट

म वालेनको समर्थक होइन तथापी पुर्वाग्रहि बन्दिन , राजनीतिमा आउने कुन चैँ ले समाजको लागि पद प्राप्ती पहिले कति गरेका थिए लेखाजोखा अवश्य इतिहासको कसिमा छ । हिजो फरक पृष्ठभुमिमा थियो भन्दैमा आज समाज परिवर्तन गर्छु भन्नेलाई हतोत्साहित चै गर्नु उपयुक्त होला र ?
सदिच्छा कार्की

वालेन केजरिवाल ।
दुर्गा पंगेनी

बालेन लाई बालेन रहन दिनुहोस केजरीवाल बनाउन जरुरी छैन ।
अरुण शाह

राजनीतिक पार्टीहरुमा संगठनको खुब घमण्ड हुन्छ,
ती संगठनको आडमा गुण्डाहरुलाई, विचैलियाहरुलाई विभिन्न निकायबाट चुनाव जिताउने काम भएको छ, जनतामाथि, संगठनप्रति घात भएको छ !
यी राजनीतिक पार्टीको घमण्ड तोड्न भए पनि स्वतन्त्र रुपमा वालेन शाहले चुनाव जित्न आवश्यक छ!
बेसिघरे

वैकल्पिक भोट काटेर वालेन दाजुलाई जित्न नदेलान् जस्तो छ काठमाडौँमा जो आउँछ मेयरमा उठ्छ! कोही बस्नै मान्दैनन् त गाँठे ।
रविन ढकाल

तितो सत्य त त्यही हो जहिले रन्जु दर्शनालाई पत्याएनन हारिन् , हेरेको हेरेइ भइन् । अब एक पुरुष बालेन शाह प्रतिनिधि निस्केका छन्। सहयोग गर्नुपर्छ है।
शंकर

बालेन शाह कति शक्तिशाली हुन भने उनले उम्मेदवारी घोषणा समेत नगरि आलोचना पाएबाट थाहा हुन्छ।
प्रदीप भट्टराई

अन्तत जेसुकै होस्
आतंककारी देशद्रोही दलाल
भ्रष्टचारी गुण्डा चोर
जसले जिते पनि भयो
मलाई यो चै केटिएम मा
बालेन शाह ले जितेको हेर्नुछ
हेर्नुछ आधुनिक समयको
शिक्षित युवाको जोश जाँगर
देश प्रतिको समर्पण र बलिदान ।
सुनील राई

हीरो रान् मान्छे , टोल, टोलमा ढोल, ढ्याङ्ग्रो, म्युजिक ठटाए ज्वरो फुटाउँछन् यस्ता मान्छेले।
विनोद न्यौपाने

शक्तिशाली र चर्चितमा फरक छ । उनि कुनै योगदान पुर्याएर चर्चित भएका होइनन् सबै दल र तिनका खेतालाको प्रफमेन्स मन नपराएर उनि प्रति आश राखेका हुन जनताले । ढुङ्गा मुढा ,काटमार ,नैतिकपतन नभएकोलाइ राजनितिमा स्विकार गर्न गार्हो भएको मात्र हो।
पुरुषोत्तम घिमिरे

बलेन देखि डराउने दिन आयो है,बरै ।
सुरज अंगाई

बालेन शाह, मुकुन्दे, पुन्य गौतमहरुलाई मिक्स गरेर कक्टेल बनायो भने चैं लिजेन्ड खड्ग ओली हुन्छ । यो बालेन शाह भन्ने भाइले केहि गर्ला कि भनेको जुनियर खड्ग ओली पो भएर निस्कियो त गाँठे ।
स्वारी

५० वर्षमा जति खत्तम भयो,, त्यति त ५ वर्षमा पक्कै बनाउदैनन् यी बालेनले। एक पटक हेरौँ,, नभए अर्को पटक विद्यासुन्दरलाई जिम्मा देउ।
सन्तोष समीप

बालेन शाह , पार्टीका लौरा भन्दा ठिकै होलान
। यता पार्टीका लठैतहरुले खेदाको देख्दा झन् ठीक लाग्दा रैछन ।
जादु

बालेन शाह काठमाडौ गाउँपालिकामा उठ्ने रे यिन्को धरौटि पिलित्त नै हुने भो नि ।
विद्रोही दमन धादिङे

यो बालेन शाह भन्नेलाई उत्तर कोरियाको मोटेलाई भन्दा बढि सुरक्षा थ्रेट छ कि क्या हो?
सेक्युरिटी त मोटेलाई बिर्स्याउने लेबल कै र’छ त !
धनबहादुर

नाटकै हो नौटंकी हो।
गौतम रायमाझी

रन्जु दर्शना, किशोर थापा भन्दा त बालेन शाह नै ठिक छ ।
सुख्खा आँखा

फेसबुक र ट्‌विटरमा बालेन शाह, रबिन्द्र मिश्र चुनाव जित्छन्, असलमा रेणु दाहाल बिद्यासुन्दर शाक्य चुनाव जित्छन् ।
नारायण खनाल

काठमाडौको मेयरमा सुनिता डङोल , भुवन केसि , बालेन शाह , रमेश खरेल
लगायत अहिले चलेका यी दलबाट बाहेक जति धेरै स्वतन्त्र उम्मेदवार आउँछन र चुनाव लड्छन त्यति नै बिध्या सुन्दर शाक्य र हरि प्रभा खड्गीहरुले जित्ने चान्स बढेर जान्छ।
सुजन खनाल

बालेन शाह जिताउन लागि पर्या जति सबै फेरि काठान्नु मानरपालिकाको मतदातामा नाम नभईकाहरु परेछन कि क्या हो ।
स्ववज्र

बालेनलाइ जिताउनै पर्छ । म काठमाडौं को मतदाता हैन तर तपाइलाइ यो अवसर छ । पहिलेका भोट ले नि के नै नाप्यो र ?
अहिले को भोट बालेन माथि प्रयोग गर्नुस ।
कालो चश्मा

यदि, र्‍यापर बालेन शाह मेयर पदमा हाऱ्यो भने काठमाण्डौंमा नाँक, मुख नदेखाए हुन्छ। उम्रिदैको तीनपाते भन्या जस्तै चुरीफुरी अलिक ज्यादै भयो के !
प्रेम घर्ती मगर

हाहाहा राजनिती अचम्मको हुनी के—जनता बालेन शाह प्रति के साह्रो आशावादी भएका गाँठे—वालेनले जित्यो भने काठमाडौ त सोझै सिंगापुर बन्छ भन्ने सोच्छन कि क्या हो ? आखिरमा हुने केहि हैन फेरीपनि पिछलग्गु र हनुमन्तेहरू उत्पादन भइसकेछन ।
दुर्गा

बालेनको तडक भडक नै ले थाहा हुन्छ उसले पनि केहि गार्दैन अहिले नै हनुमान अगि पछि लग्न थालेछन ।
महेन्द्र खड्का

निरंकुशताविरूद्ध जनता सडकमा उत्रेका बेला बार्दलीमा उभिएर पश्चगमनको लयमा गिटार बजाउने ‘युवा’ले देशको राजधानीको मुहार फेर्छ भन्ने छद्म सोच केवल मनोचिन्ते मण्डलेवादी स्वप्न वाहेक अरू केही होइन। ‘युवा’ नै खोज्ने हो भने गणतन्त्र ल्याउने दलभित्रबाट युवा खोज्ने हो, बतासे खोज्ने हैन।
नारायण अमृत

लोकतंत्र भएपछि अग्रगामीका साथै पश्चगामीले पनि त आफ्नो धुन बजाउन पाउँछन नि, होइन?
भोटर यति स्मार्ट त भैसके कि अग्रगामी र पश्चगामी छुट्याउन सकुन! के भन्छौ मित्रवर?
सोमेश

बालेन शाह भनेका तिनै साउथ मुभीका भिलेन जस्तै कुन्नी कता हो इन्ट्रि मार्दै गरेको भिडियो भाईरल हुने दाह्रीवाल हैनन्?
यिनलाई भोट पनि फिल्मी पारामै दिनुपर्ने हो की के रैछ?
ढकाल सन्तु

काठमाडौको मेयरमा सुनिता डङोल ,भुवन केसि , बालेन शाह , रमेश खरेल
यिनिहरुले बागमती फोहोर भाको अनि काठमाडौ महानगर बिग्रेको मात्र देखेछन के थाहा बागमती सफा गर्न साना मसिना नदिहरु लाइ पहिले सफा गर्नु पर्छ भनेर । म नि उठ्दौ छ महानगरमा ।
एलिन्द्र राई

हामीले खोजेको चिरीबाबु, महेश खरेल जस्तो हो । सङ्गठनको महत्त्व र संरचना नबुझेका मुन्छेले वडा अध्यक्ष, नगर कार्यपालिका बिना कसरी काम गर्छ !!?? मास बेस पार्टीको भोट काटेर उग्र क्याडेर बेस पार्टीलाई जिताउन उत्ताउलो काम बाहेक केही होइन ।
विवेक नेपाल

उनी भिजन , बिषयगत ज्ञान , दक्षता भएका एक सबल उम्मेदवार हुन। भुबन केसि गलत हैनन तर स्टारडमको चमक अलग कुरा हो । साँच्चै परिबर्तन र बिकल्पको सन्देश दिने नै हो भने का.म.पा. मा मेयरका लागि बालेन शाह सर्बोत्कृट बिकल्प हुन ।
अर्याल गोविन्द

बालेन शाह जो आफ्नो नामनै खाँटी नेपाली वा पुर्ण नेपालिमा राख्न लजाउँछ / राख्दैन त्यो सँग क्षमताको नाममा गफ मात्र हुन्छ गुदी हुँदैन ।
नाति

निर्वाचन तत्कालीन विचार,सिद्धान्तको मूल्याकंन र भविष्यको विचार,सिद्धान्तको पुनर्उत्पादनको प्लेटफर्म भएकाले स्थापित पार्टी भित्रैका ऊर्जाशील उम्मेदवार हेर्दा बेस झैँ लाग्छ।
अब कसैलाइ रहरै लागे त के गर्नु,मनमा रहरको शहर बसाउन त जल्ले नि पायो ।
होमप्रसाद पौडेल

यसलाई देऊ भनेर नाम तोक्दिन त्यो तपाईहरुले रोज्नुस् तर यत्ति गर्नुस् पहिले देखि दिदै आएकालाई यो पल्ट नदिनुस् ।
काग दाइ

नाम चाही खतरा छ है “बालेन शाह”
गज्जब लाग्यो नाम ।
कुवेर भट्ट

जनताहरू” नेता”सँग आजित छन्। यस अघि रन्जु दर्शना उठ्दा त आँखा चिम्लेर भोट ठोकेकाहरूले बालेन शाह लाई राम्रै उम्मेद्वारको रूपमा हेरेका छन् । हारजितलाई आफ्नो ठाउँमा छोड्दिम् बन्धु, भोट चाहिँ राम्रैसङ्ग काट्ला!
kallerian

काठमाडौं लाई चाहिएको बालेन शाह नै हो ।
परदेशी गणेश

प्रतिक्रिया