बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै मूल्य स्थिर, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख ४ गते ११:००

काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख २ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख १५ सय रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी १४ सय रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया