सोमबार, जेठ ७, २०८१

बैतडीमा एसइईका लागि तयारी तीव्र

नेपालखोज २०७९ वैशाख ५ गते १२:५३

काठमाडौं । बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ । वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो । इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राअध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राअध्यक्षका लागि वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी सहभागी हुने भएकोमा नियमिततर्फ पाँच हजार १८१ जना, प्राविधिकतर्फ १८१ जना र ग्रेड वृद्धितर्फ ६७ जना विद्यार्थीसहभागी हुने भएका छन् । परीक्षा वैशाख ९देखि २० गतेसम्म हुने भएको छ । -रासस

प्रतिक्रिया