सोमबार, जेठ ७, २०८१

पुरुष कबड्डीमा आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा

नेपालखोज २०७९ वैशाख ६ गते १४:४९

काठमाडौं । धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा सुरु भएकोे प्रतियोगितामा दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चरणमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१-३२ ले हराएको छ । पाचौँ खेलमा कर्णाली प्रदेशलाई ६९-९ ले हराएको हो । त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६-२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६-१८ ले हराएको छ ।

सोमबार नै भएको खेलमा नेपाल एपीएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३-२२ ले हरायो भने मधेस प्रदेशले बागमती प्रदेशलाई ३६-२९ ले हराएको हो । प्रतियोगितामा आजै लिग चरणका खेलहरु हुने छन् । प्रतियोगितालिग नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ उपविजेताले नगद ८० हजार रुपैयाँ र सेमिफाइनल पुगेका दुई टोलीले नगद ४० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया