बिहीबार, जेठ ३, २०८१

घट्यो सुनचाँदीकाै मूल्य, यस्तो छ आजको भाउ !

नेपालखोज २०७९ वैशाख ७ गते ११:१०

काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ । छापावाल सुन आज (बुधबार) प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १५ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेकाे छ । आज चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार भने चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया