शुक्रबार, वैशाख २८, २०८१

साहित्यकार दाहालको आँखामा जापान ‘कालापत्थर सगरमाथाको काखमा’ विमोचित

नेपालखोज २०७९ वैशाख ८ गते ११:०७

काठमाडौं । साहित्यकार तथा लेखक डा. रामप्रसाद दाहालको नियात्रा कीर्ति ‘कालापत्थर सगरमाथाको काखमा’ हालै विमोचन सम्पन्न भएको छ । नयाँ संशोधित र परिमार्जित यस संस्करणले जापानको जिवन पद्दतिलाई राम्ररी चित्रण गरेको छ ।

१६० पेजको सो कीर्तिमा दोस्रो विश्वयुद्धले थिलथिलो भएको जापानलाई संसारको उत्कृष्ट राष्ट्र वनाउन जापानका जनताले गरेको मिहिनेत र त्याग–तपस्यालाई राम्ररी यस कीर्तिमा वर्णन गरिएको छ । २३ शीर्षकमा विभक्त सो कीर्तिले जापान नगएका नागरिकलाई जापान गएर फनफनी घुमेको अनभूती हुन्छ । कीर्ति पढनीय र मननीय छ ।

कीर्ति विमोचन गर्दै प्रा. डा. दिनेशकुमार शर्माले दाहालको मिहिनेत प्रशंसनीय भएको बताए । शर्माले यो कीर्ति जापान बुझ्न चाहनेलाई उपयोगी हुने जनाएका छन् । साहित्कार तथा लेखक दाहालले कीर्तिलाई अझ परिस्कृत र उपयोगी बनाएको चर्चा गरेका छन् । दाहालको यो १७ औँ पुस्तक हो । यसको प्रकाशन वाङ्मय प्रतिष्ठानले गरेको हो ।

प्रतिक्रिया