बिहीबार, जेठ ३, २०८१

सुनकाे भाउ स्थिर, चाँदीकाे घट्याे

नेपालखोज २०७९ वैशाख ९ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनकाे भाउ स्थिर रहेकाे छ भने, चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेकाे छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया