सोमबार, जेठ ७, २०८१

धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

नेपालखोज २०७९ वैशाख ९ गते १४:२८

काठमाडौं । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल ९१ जना सदस्यहरुले आज नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा पत्र बुझाएका छन्।

‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौं ।’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रिय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन्। धनगढी उपमहानगरपालिका–१८ मा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ।

प्रतिक्रिया