मंगलबार, जेठ १, २०८१

कांग्रेसले भरतपुर नपाएपछि नेताहरुले लगाए कार्यालयमा ताला

नेपालखोज २०७९ वैशाख ९ गते २०:१३

काठमाडौं । सत्तारुढ गठबन्धनबीच ६ महानगरमध्ये भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भए पनि चितवनका कांग्रेसी नेताहरु उक्त निर्णयविरुद्ध उत्रिएका छन् ।

चितवनका कांग्रेसी नेताहरुले महानगर कांग्रेसले नै पाउनुपर्ने माग राख्दै आज जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी लगाएका छन् । पार्टी कार्यालय, कमलनगरमा बसेको भेलाले महानगरको मेयर कांग्रेसकै हुनुपर्ने अडान राखेको छ । कुनै पनि अवस्थामा माओवादीलाई दिइएको मेयर मान्य नहुने भन्दै कांग्रेसी नेताहरु केन्द्रको निर्णयविरुद्ध खनिएका छन् ।

प्रतिक्रिया