शुक्रबार, वैशाख २८, २०८१

सडक पेटीका भित्ताहरु बोल्छन् (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख १० गते ११:५३

काठमाडौं । उपत्यका सडक पेटीहरुमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् ।

झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन् । यसै विषयमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तश्वीर लिएका छन् ।

सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा ।

स्वतन्त्रताको प्रतिक पिँजडाबाट उड्दै गरेको परेवाको पेन्टिङ ।
मुस्कानले भरिएको एउटा आकृति चित्र ।
राष्ट्रिय झण्डाको चित्र ।
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
महिला हिंसा दर्शाउने पेन्टिङ ।
फुलै फुलको चित्र ।
परम्परागत हात फैलाइरहेको चित्र ।
दानवको आकृती चित्र ।
जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर ।
किशोरावश्थाको चित्र ।
एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र ।
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।

नोटः भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन् ।

प्रतिक्रिया