बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७९ वैशाख १२ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रूपैयाँले घटेकाे छ । आज तेजावी सुन ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेकाे छ । आज चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया