शुक्रबार, जेठ ४, २०८१

निर्वाचन अपडेट : मनोनयन गर्ने उम्मेदवारको संख्या १ लाख ४७ हजार नाघ्यो

नेपालखोज २०७९ वैशाख १३ गते १६:२१

काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २५३४५ दलित महिला सदस्यमा २२८९९ र सदस्यमा ५३४०१ जनाको उम्मेदवारी परेको हो

आयोगले उम्मेदवारको संख्या अझै बढ्ने र विवरण संकलनको कार्य जारी रहेको जनाएको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम राखेको थियो । निर्वाचनबाट देशभर ७ पदमा कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया