शुक्रबार, जेठ ४, २०८१

काठमाडौंको मेयरमा सिर्जनालाई आरजुको साथ (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख १३ गते १७:३२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छन् । आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएकी हुन् ।

राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गरिन् । सो क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन् । उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंबासी महिलाहरु खुशी भएको र अब महिलाका समस्याहरु समाधान हुनेमा विस्वस्त भएको बताइन् ।

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन् ।

प्रतिक्रिया