बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख १४ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रूपैयाँले घटेकाे छ । आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेकाे छ । आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया