आइतबार, जेठ २०, २०८१

ओप्पोले ‘अर्थ डे’ को अवसरमा ग्रिन टेक्नोलोजी प्रयोग गर्दै

नेपालखोज २०७९ वैशाख १४ गते १३:०८

काठमाडौ । हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन् । टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पु¥याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ । ग्रीन अपरेशन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्धाहरूका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवद्र्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ ।

प्लास्टिकको प्रयोग कम गर्ने र हरियाली उत्पादनहरू विकास गर्ने
प्लास्टिकको फोहोर आज वातावरण प्रदूषणको एक ठूलो चिन्ता हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिव ११ मिलियन टन प्लास्टिकको फोहोर पृथ्वीको समुन्द्रमा फ्याँकिन्छ । प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदुषित गर्छ अन्ततः हामीले खाने खानाको माध्यमबाट मानव शरीरमा पुग्दछ । यी माइक्रोप्लास्टिकहरूले हाम्रो स्वास्थ्यको लागि कति घातक छ जसको बारेमा हामीले अहिले धेरै कम जान्दछौँ ।

आफ्नो प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन, ओपोले थ्रिआर वानडी लाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्याकेजिङ्ग सिद्धान्तहरू अपनाएको छ, जुन न्यूनीकरण, पुनारावृत्ति, पुन प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ । यस दृष्टिकोण मार्फत, ओपोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङ्गमा प्लास्टिकको प्रयोगलाई ९५% ले सफलतापूर्वक घटाएको छ, साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ ।

यस वर्षको सुरुमा लन्च गरिएको ओप्पो फाइभजी सीपीई टीटू आंशिक रुपमा उपभोक्ता उत्पादनहरूबाट उत्पन्न पीसीआर (पोस्ट कन्ज्युमर रिसाइकल प्लास्टिकबाट) बनाइएको हो ।

कागजको खपत घटाउने र फोहोर उत्पादन पुनः प्रयोग गर्ने
बनजङ्गल धेरै प्राकृतिक स्रोतहरूको घर हो जहाँ मानिसहरू बाँच्नको लागि निर्भर हुन्छन् । यद्यपि, अत्यधिक वन विनाशका कारण अमेजन रेन फरेस्टले विगत ५० वर्षहरूमा १७ प्रतिशत क्षेत्र गुमाएको छ । वन विनाश र वन क्षेत्रको कमी पृथ्वीमा जैविक विविधताको लागि प्रत्यक्ष खतरा हो, साथै ग्लोवल वार्मिङको एक उत्प्रेरक हो ।

काठ फाइवरको खपत कम गर्न, ओपोले सम्भव भएसम्म पुनः प्रयोग गरिएको सामग्रीको प्रयोग गर्दछ । उदाहरणका लागि, युरोपमा ओप्पो फाइन्ड एक्स फाइभ सिरीजको प्याकेजिङ्ग लगभग ४५ प्रतिशत रिसाइकल फाइवरबाट बनेको छ । यो फाइवर पुनः प्रयोग गरिएको कागज वा अन्य जैविक फोहोरहरू, उखु र बाँसबाट आउँछ ।

उत्पादनको लाइफ साइकल बढाउने र ई–फोहोरको नयाँ उद्देश्य निकाल्ने
विगत ५ वर्षमा विश्वव्यापी रुपमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोरको मात्रा २१% ले वृद्धि भएको छ, जसले यसलाई घरायसी फोहोरको सबैभन्दा छिटो बढ्ने माध्यम बनाएको छ । यद्यपि, विद्युतीय फोहारको १७.४ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ । इलेक्ट्रोनिक फोहोरले वातावरणमा निम्त्याउने दीर्घकालिन खतरालाई आत्मसात गर्दै ओपोले आफ्ना उत्पादनहरूलाई अझ टिकाउ बनाउँदैछ । यसले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, खेर जाने इलेक्ट्रोनिक उत्पादनहरूको रिसाइकल गर्ने कार्यक्रमहरू पनि गर्दै आइरहेकोे छ ।

उदाहरणका लागि, पछिल्लो लन्च ओप्पो फाइन्ड एक्स फाइभ ओपोको सेल्फ–डेभलप्ड हेल्थ इन्जिनले बनाईएको छ । यसले स्मार्टफोनको ब्याट्री ८० प्रतिशत बढाउँछ र ८०डब्ल्यू सुपर भीओओसी फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६०० फुल चार्ज गर्छ । यो इन्डस्ट्रीको औसतभन्दा दुई गुणा बढी हो अनि लामो समयसम्म चलाउन सकिन्छ ।

हालसम्म ओपोले विभिन्न देशहरूमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरू स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओपोले आफ्नो पुनरावृत्ति कार्यक्रम मार्फत २०२१ मा १२ लाख भन्दा बढी मोबाइल फोन सङ्कलन ग¥यो । यो २१६ टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओपोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारी मार्फत फोहोर इलेक्ट्रोनिक उत्पादनको रिसाईकल प्रवद्र्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओपोले स्थानीय रिसाइक्लिङ्ग प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्दैछ र इलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यवसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरूसँग साझेदारी गर्दै छ । अस्ट्रेलियामा, ओपोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ र जनतालाई उनीहरूको फोहोरको इलेक्ट्रोनिक उत्पादनहरू सही तरिकाले पुनः प्रयोग गर्न र ई–फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।

ओपो ईको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरूमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरूले उनीहरूको सम्पूर्ण लाईफसाईकलमा मोबाइल फोनहरूको वातावरणीय कार्यसम्पादन मूल्याङ्कन गर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागिता मार्फत ओपोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर काम गरिरहेको छ ।

प्रविधिमार्फत दिगोपन प्रवद्र्धन गर्न विभिन्न सरोकारवालाहरूसँग साझेदारी गर्दै
ओपोले आफ्नै प्रविधि मार्फत वातावरणीय संरक्षण र दिगोपन सम्बन्धी समस्याहरूको समाधान मात्र प्रदान गर्दैन, तर यी समस्याहरू समाधानका लागि मद्दत गर्न विश्वभरका मानिसहरूलाई सुचिबद्ध गर्दै एनजीओहरूसँग साझेदारी गर्दैछ ।

इटालीमा, ओपोले स्थानीय एनजीओ फ्रि प्लास्टिक ओडीभी ओनलससँग साझेदारी गरेको छ, जसले २०२१ मा पाँच सहरमा फोहोर सङ्कलन गतिविधि सञ्चालन गरेको छ । एक हजारभन्दा बढी स्वयंसेवकको सहयोगमा कार्यक्रम मार्फत १० टनभन्दा बढी प्लाष्टिक फोहारलाई पुनः प्रशोधन गरिएको छ ।

अस्ट्रेलियामा, ओपोले ग्रेट ब्यारियर रिफले सामना गरिरहेको वातावरणीय संकटको बारेमा सचेतना जगाउन र यसप्रति आह्वान गर्न एआर एप प्रयोग गरी रिस्टोरेसन फाउन्डेसन (आरआरएफ) सँग पनि साझेदारी गरेको छ । २०२१ मा, ओपोले आरआरएफ लाई २०२६ सम्म ग्रेट ब्यारियर रिफमा १,०००,००० नयाँ कोरलहरू उत्पादन का लागि मद्दत गर्न ५२,००० डलर रकम प्रदान गरेको छ ।

हाम्रो प्राकृतिक वातावरण र पृथ्वीमा जैविक विविधताको संरक्षण वेवास्ता गर्नु धेरै ठूलो मुद्दा हो । हाल १० लाख प्रजातिहरू लोप हुने खतरामा रहेकाले ओपोले यी प्रजातिहरूले प्रकृतिमा थप्ने रङ र सौन्दर्यलाई जोगाउन प्रविधिको प्रयोग गर्ने आशा राखेको छ ।

लगातार दोस्रो वर्ष, नेशनल जियोग्राफिसँग ओपोको लोपोन्मुख कलर क्याम्पेन लोपोन्मुख र जोखिममा रहेका जनावरहरूको सुन्दर ईमेजरी प्रयोग गरी जैविक विविधता संरक्षण गर्न थप मानिसहरूलाई प्रेरित गरेको छ । अभियानमा गैरनाफामुखी ‘नेसनल जियोग्राफी सोसाइटी’ र यसको वन्यजन्तु संरक्षणका लागि समर्थन पनि समावेश छ ।

यस पृथ्वीको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो । ओपोले प्रगति र सबैको सामुहिक कार्यबाट पृथ्वीको प्राकृतिक वातावरणलाई जोगाउन मद्दत गर्न सकिन्छ भन्ने विश्वास राख्छ । यस अर्थ डे मा ओपोसँग सामेल भई आफ्नै व्यक्तिगत कार्यहरूबाट सुरु गरी हरित भविष्यतर्फ काम गरौं ।

प्रतिक्रिया