बिहीबार, जेठ ३, २०८१

सुन ताेलामा हजार रूपैयाँले घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७९ वैशाख १५ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि १ हजार रूपैयाँले घटेकाे छ । आज तेजावी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज २० रूपैयाँले घटेकाे छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया