शुक्रबार, जेठ ४, २०८१

गठबन्धनको निर्णयविपरीतका उम्मेद्‌वारी फिर्ता लिन देउवाकाे अनुरोध

नेपालखोज २०७९ वैशाख १५ गते ११:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको निर्णयविपरीतका उम्मेद्वारी फिर्ता लिन अनुरोध गरेका छन् । उनले एक अपिल जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका हुन् ।

एउटा उम्मेद्वार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेद्वारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

प्रतिक्रिया