शनिबार, जेठ ५, २०८१

समृद्धि फाइनान्स र होटेल गढी भिउ एण्ड रिसोटबीच सम्झौता

नेपालखोज २०७९ वैशाख १६ गते २०:२०

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालि मकवानपुरबीच सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटेल गढी भिउ एण्ड रिर्सोटले जिपलाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ ।

मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकिय स्थलको रुपमा फस्टाउदै गएको छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाएका छन् । सो सम्झौतापत्रमा फाइनान्स कम्पनीकातर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्टका तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हु ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आकर्षक व्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया