शुक्रबार, जेठ ४, २०८१

स्थानीय तह निर्वाचन : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै

नेपालखोज २०७९ वैशाख १७ गते ९:३५

काठमाडौं । स्थानीय निर्वाचनका उम्मेदवारलाई आज (शनिबार) चुनाव चिह्न प्रदान गरिँदै छ । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका अनुसार आयोगले चुनाव चिह्न दिने तयारी गरेको हो ।

निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् । यस्तै स्वतन्त्र उम्मेदवारका लागि आयोगले फरक चिह्न प्रदान गर्ने भएको छ ।

चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । चार हजारभन्दा बढीले उम्मेद्वारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया