शनिबार, असोज ५, २०८१

देश आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढ्यो : संघई

नेपालखोज २०७९ वैशाख १८ गते ९:०८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सभापति रामचन्द्र संघईले आर्थिक गतिविधिले गतिलिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

उनले आज १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आर्थिक गतिविधिले गतिलिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढेको बताएका हुन् ।

उनले कोरोना खोप लगाउन शुरु भएपछि संक्रमण घटनुको साथै मानवीय क्षतिमा कमि आए पनि कोरोनाको नयां नयां प्रकार फैलिने क्रम नरोकिएकाले पूर्णरूपमा जोखिममुक्त अवस्था नभएको बताएका छन् । उनले स्वस्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुको विकल्प नरहेको बताएका छन् ।

उनले भनेका छन् ‘बितेको २ वर्ष यताको अवधिमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गंभिर रूपमा प्रभावित भएको हामी सबै सामू स्पष्टनै छ ।’ उनले यस्तो संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढनु पर्ने चूनौती रहेको पनि बताएका छन् ।

प्रतिक्रिया